गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ६३ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.३० प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५७ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
कम्पनीको आम्दानी बढेका र खर्च घटेका कारण खुद नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ६.९४ प्रतिशत बढेको छ। कम्पनीको प्रशासनिक खर्च ४१.७० प्रतिशत घटेको छ भने वित्तीय खर्च शतप्रतिशत घटेको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ५ रुपैयाँ ७१ पैसा बढेर ६१ रुपैयाँ १२ पैसा पुगेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २६८ रुपैयाँ ७७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३३.७१ गुणा रहेको छ।
१ अर्ब ३ करोड ४२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा १ अर्ब ७४ करोड रुपैयाँ सञ्चित छ।
