स्मार्ट बन्दै विद्युत् प्राधिकरण: एआई च्याटबोटदेखि स्मार्ट मिटरसम्मको डिजिटल छलाङ

Aug 17, 2026 03:06 PM Merolagani



नेपाल विद्युत् प्राधिकरणले आफ्नो सेवालाई थप आधुनिक, छिटो र प्रभावकारी बनाउन 'डिजिटल रूपान्तरण'लाई मुख्य प्राथमिकतामा राखेको छ।

४१औं वार्षिकोत्सवको अवसरमा कार्यकारी निर्देशकद्वारा प्रस्तुत प्रतिवेदन अनुसार, प्राधिकरणले परम्परागत प्रणालीलाई विस्थापित गर्दै आर्टिफिसियल इन्टेलिजेन्स (AI) र अत्याधुनिक प्रविधिको प्रयोगमा ठूलो फड्को मारेको छ।

प्राधिकरणले ग्राहकका गुनासोहरूलाई तत्काल सम्बोधन गर्न 'नो लाइट' (No Light) सेवामा एआई च्याटबोट (AI Chatbot) कार्यान्वयनमा ल्याएको प्रतिवेदनमा उल्लेख छ। अब ग्राहकले बिजुली काटिएको वा अन्य प्राविधिक समस्याका बारेमा च्याटबोट मार्फत स्वचालित रूपमा उजुरी दर्ता गर्न र जानकारी लिन सक्नेछन्। यसले गर्दा कल सेन्टरमा फोन गरेर घण्टौँ कुर्नुपर्ने बाध्यताको अन्त्य भएको छ।

ग्राहक सेवामा गुणात्मक सुधार ल्याउन प्राधिकरणले देशभर स्मार्ट मिटर जडान गर्ने कार्यलाई तीव्रता दिएको छ। प्रतिवेदन अनुसार, इलेक्ट्रोमेकानिकल मिटरहरूलाई हटाएर स्मार्ट मिटर राख्नाले मिटर रिडिङमा पारदर्शिता आउने, विद्युत् चुहावट नियन्त्रण हुने र ग्राहकले आफ्नो विद्युत् खपतको वास्तविक तथ्याङ्क मोबाइल एप मार्फत नै हेर्न सक्नेछन्। यसले 'टु-वे कम्युनिकेसन' (Two-way communication) सम्भव बनाउने र लोड व्यवस्थापनमा सहजता ल्याउने विश्वास गरिएको छ।

विगत केही वर्षदेखि सुरु भएको अनलाइन महसुल भुक्तानी सेवालाई अझ परिष्कृत बनाइएको प्रतिवेदनमा जनाइएको छ। मोबाइल एप र अनलाइन पोर्टलहरू मार्फत ग्राहकले घरमै बसेर महसुल तिर्न, बिलको विवरण हेर्न र उजुरी दर्ता गर्न सक्ने व्यवस्थाले ग्राहकको समय र खर्च दुवै बचत गरेको छ। केन्द्रीय कल सेन्टर (हौटलाइन ११५०) लाई पनि थप साधन-सम्पन्न बनाइएको छ।

ग्राहकलाई दिइने सेवा मात्र होइन, प्राधिकरणको आन्तरिक वितरण र प्रसारण प्रणालीलाई पनि डिजिटल बनाइएको छ। प्रतिवेदन अनुसार सबस्टेसनहरूको अटोमेसन र 'स्काडा' (SCADA) प्रणालीको विस्तारले विद्युत् प्रणालीमा आउने अवरोधहरूलाई तत्काल पहिचान गरी समाधान गर्न मद्दत पुगेको छ। यसले गर्दा 'फोर्सड सटडाउन' (Forced Shutdown) को समय घटेको र विद्युत् आपूर्तिको विश्वसनीयता बढेको छ।

प्रतिवेदनमा डिजिटल नेपालको सपना साकार पार्न प्राधिकरणले अग्रगामी भूमिका खेलिरहेको छ। डिजिटल रूपान्तरणले संस्थाको प्रशासनिक लागत घटाउने, चुहावट नियन्त्रण गर्ने र ग्राहकलाई दिइने सेवामा हुने ढिलासुस्ती र अनियमिततालाई पूर्णतः अन्त्य गर्ने लक्ष्य लिएको छ।

अन्ततः, नेपाल विद्युत् प्राधिकरणले ४१ वर्षको यात्रा पूरा गर्दा आफूलाई केवल बिजुलीको बिक्रेता मात्र नभई एक 'अधुनिक र प्रविधिमैत्री सेवा प्रदायक'का रूपमा स्थापित गरेको यस प्रतिवेदनले प्रस्ट पारेको छ।




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।