खुला‍मुखी म्युचुअल फन्डबाट लाभांश घाेषणाकाे शुरुवात, कुन कम्पनीले कति घाेषणा गरे लाभांश

Aug 20, 2026 05:59 AM Merolagani



पुँजी बजारमा लाभांशको 'सिजन' सुरु भएको छ। यस वर्षकाे सुरुआती चरणमै खुलामुखी (ओपन इन्डेड) र बन्दमुखी (क्लोज इन्डेड) म्युचुअल फण्डहरूले धमाधम लाभांश घोषणा गरेका छन् ।

म्युचुअल फण्डहरूले सुरु गरेको लाभांश घोषणाको यो लहरसँगै विस्तारै विकास बैंक र हाइड्रोपावर कम्पनीसम्म पुगेकाे छ । उनीहरुले पनि आफ्ना शेयरधनीलाई प्रतिफल बाँड्न थालेका छन्।

यसवर्ष लाभांश घोषणाको शुरुवात सिद्धार्थ क्यापिटलले सञ्चालन गरेको खुलामुखी म्युचुअल फन्ड सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम (एसएसआइएस)ले गरेको छ। एसएसआइएसले इकाइधनीलाई ३ प्रतिशत नगद लाभांश दिएको छ जुन अहिले वाणिज्य बैकहरुले प्रदान गरिरहेको बचत खाताको ब्याजकै हाराहारी मात्रै छ । वाणिज्य बैकहरुले अहिले न्यूनतम २.७५ प्रतिशतदेखि ३.५ प्रतिशतसम्म लाभांश दिने गरेको छ त्यस्तै कुमारी क्यापिटलले सञ्चालन गरेको अर्को खुलामुखी योजना कुमारी सुनौलो लगाानी योजनाले ४.७ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । त्यस्तै एनएमबी क्यापिटलले सञ्चालन गरेको खुलामुखी म्युचुएल फन्ड एनएमबी सरल बचत फन्ड–इले ५.२५ प्रतिशत लाभांश घोषणा गरेको छ । खुलामुखी म्युचुअल फन्डको कारोबार नेप्सेको प्लेटफर्ममा नभई क्यापिटलले तोकेको स्थान र प्लेटफर्ममा अघिल्लो दिनको न्याभ भ्यालुको आधारमा हुन्छ ।

 

पछिल्लो तथ्यांक अनुसार खुलामुखी म्युचुअल फन्डसँगै बन्दमुखी म्युचुअल फन्डले पनि धमाधम नगद लाभांश घोषणा गर्न थालेका छन् । माछापुच्छे् क्यापिटलले सञ्चालन गरेको माछापुच्छे् इक्वीटी फन्डले ८ प्रतिशत घोषणा गरेको छ । यता कुमारी क्यापिटलले सञ्चालन गरेको म्युचुअल फन्डहरुले अधिकतम १० प्रतिशतसम्म लाभांश घोषणा गरेको छ । कुमारी क्यापिटलको कुमारी इक्वीटी फन्ड र कुमारी धनवृद्धि योजनाले १० प्रतिशत नगद लाभांश घोषणा गरेको छ भने कुमारी सवल योजनाले २.९० प्रतिशत लाभांश घोषणा गरगेको छ ।

यता सिद्धार्थ क्यापिटलको सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले ८ प्रतिशत तथा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ले १० प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

एनएमबी क्यापिटलले सञ्चालन गरेको म्युचुअल फन्डहरुले पनि अधिकतम १० प्रतिशतसम्म नै लाभांश घोषणा गरेका छन् । एनएमबी क्यापिटलको एनएमबी ५० ले ३.१५ प्रतिशत, एनएमबी हाइब्रीड फन्ड एल–२ले ४.५ प्रतिशत र एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–२ ले १० प्रतिशत लाभांश घोषणा गरेको छ ।

 

त्यस्तै रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनी रिलायवल इन्भेष्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटलले सञ्चालन गरेको रिलायवल समृद्धि योजनाले ८.४२११ प्रतिशत लाभांश घोषणा गरेको छ ।
यसपटक म्युचुअल फन्डहरुले अधिकतम १० प्रतिशतसम्म मात्रै नगद लाभांश घोषणा गरेको देखिएको छ । गत वर्ष सानिमा क्यापिटलले सञ्चालन गरेको सानिमा लार्ज क्यपले २१.०५ प्रतिशत, लक्ष्मी उन्नति कोष, सिद्धार्थ इक्वीटी फन्ड, आरबीबी म्युचुएल फन्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ लगायतले २० प्रतिशतभन्दा बढी लाभांश घोषणा गरेको थियो भने १० प्रतिशत भन्दा कम लाभांश घोषणा गर्ने म्युचुएल फन्ड थोरै थिए ।

अन्य कम्पनीहरूको पनि लाभांश आउन सुरु

म्युचुअल फण्डहरूले एकपछि अर्को गर्दै लाभांश घोषणा गर्दै गर्दा अन्य कर्पोरेट कम्पनीहरू पनि पछि परेका छैनन्। विशेषगरी हाइड्रोपावर र विकास बैंकहरूले वित्तीय विवरणलाई अन्तिम रूप दिँदै लाभांश सार्वजनिक गर्न थालेका छन्।

कम्पनीहरूतर्फ हाइड्रोपावर क्षेत्रबाट माण्डू हाइड्रोपावरले आफ्ना सेयरधनीलाई १२ प्रतिशत नगद लाभांश दिने घोषणा गरिसकेको छ। त्यस्तै, विकास बैंकहरूमध्ये कामना सेवा विकास बैंकले १५ प्रतिशत आकर्षक नगद लाभांश प्रस्ताव अघि सारेको छ भने सांग्रिला डेभलपमेन्ट बैंकले पनि १०.५२ प्रतिशत लाभांश घोषणा गर्दै लगानीकर्तालाई खुसी बनाएको छ। सांग्रिलाले ४ प्रतिशत बोनस र ६.५२ प्रतिशत नगद लाभांश गरी कुल १०.५२ प्रतिशत लाभांश घोषणा गरेको हो ।

विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि आर्थिक वर्षको वित्तीय अडिट सकिएसँगै सुरु भएको लाभांश घोषणाको यो क्रम अब झन् तीव्र हुने अनुमान गरिएको छ। चाडपर्वको समय नजिकिँदै गर्दा अब वाणिज्य बैंक, लघुवित्त र अन्य उत्पादनमूलक कम्पनीहरूले पनि छिट्टै लाभांश घोषणा गर्ने अपेक्षामा लगानीकर्ताहरू रहेका छन्।




वाणिज्य बैंकहरूको वित्तीय विश्लेषणः नबिल नाफामा अगाडि, एभरेस्टको लाभांश क्षमता उच्च

Aug 16, 2026 07:24 AM

नेपालमा सञ्चालनमा रहेको २० वटै वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०८२८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरिसकेका छन्। विवरण अनुसार वाणिज्य बैंकहरूको समग्र स्थितिमा निकै उतारचढाव देखिएको छ।