नाडा अटो शो २०२६ आजदेखि, ५१ ब्राण्डको सहभागिता

Aug 25, 2026 09:13 AM Merolagani



नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो २०२६’ आज (भदाै ९ गते) देखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ।

नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा) स्थापनाको ५०औँ वर्ष अर्थात् स्वर्णजयन्तीको अवसरमा आयोजना गरिएको शो भदौ १४ गतेसम्म सञ्चालन हुनेछ। यस वर्षको प्रदर्शनीमा दुईपाङ्ग्रे, चारपाङ्ग्रे र कमर्सियल सवारीसाधन गरी ५१ ब्राण्ड सहभागी हुँदैछन्। त्यसमध्ये २२ वटा कार ब्राण्ड रहेका छन्।

शोमा बीवाईडी, टाटा, सुजुकी, दीपल, अवतार, स्कोडा, जिली, एमजी, जीडब्ल्यूएम, ओमोडा, जेको, जेटोर, लीपमोटर, स्काइवेललगायत ब्राण्डका सवारीसाधन प्रदर्शनमा राखिनेछन्। त्यस्तै, रोयल इन्फिल्ड, यात्री, हिरो, भिडा, यामाहा रेसिङ, भेस्पा/एप्रिलिया, एम्पियर, मेटाईभी र रिभोल्टलगायत दुईपाङ्ग्रे ब्राण्डको सहभागिता छ।

टायर, लुब्रिकेन्ट, स्पेयर पार्ट्स तथा अटो कम्पोनेन्ट कम्पनीसँगै बैंक, वित्तीय संस्था र बीमा कम्पनी पनि प्रदर्शनीमा सहभागी हुनेछन्। आयोजकका अनुसार यसपटकको अटो शो विगतका संस्करणभन्दा व्यवस्थित, प्रविधिमैत्री र व्यापक बनाउने तयारी गरिएको छ।




हाइडोपावर कम्पनीहरूको नाफामा उछालः कुन कम्पनीको वित्तीय अवस्था कति बलियो ?

Aug 21, 2026 05:32 AM

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा हाइडोपावर कम्पनीहरूको खुद नाफा औसतमा ४ सय ७१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कुल १ सय ११ वटा हाइडोपावर कम्पनीहरूको वित्तीय विवरण अनुसार ९१ वटा कम्पनी खुद नाफामा रहेका छन् भने २० वटा कम्पनी अझै घाटामा रहेका छन्।