सुपर मादी हाइड्रोपावरको लाभांश घोषणा

Aug 25, 2026 10:06 AM Merolagani



सुपर मादी हाइड्रोपावर लिमिटेड (SMHL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले हुन ३४ करोड ७२ लाख ८७ हजार ५०० रुपैयाँबराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

भदौ ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। विद्युत नियमन आयोगबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

सो लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज १ गते, बिहीबार, होटल इम्पेरियलमा १७ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भदौ २२ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार भदौ १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।




हाइडोपावर कम्पनीहरूको नाफामा उछालः कुन कम्पनीको वित्तीय अवस्था कति बलियो ?

Aug 21, 2026 05:32 AM

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा हाइडोपावर कम्पनीहरूको खुद नाफा औसतमा ४ सय ७१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कुल १ सय ११ वटा हाइडोपावर कम्पनीहरूको वित्तीय विवरण अनुसार ९१ वटा कम्पनी खुद नाफामा रहेका छन् भने २० वटा कम्पनी अझै घाटामा रहेका छन्।