उद्योगी व्यवसायीको मनोबल अहिलेसम्मकै कमजोर बन्यो-अन्जन श्रेष्ठ

Aug 25, 2026 10:28 AM Merolagani



नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जनकुमार श्रेष्ठले मुलुकमा उद्योगी तथा व्यवसायीहरुको मनोबल इतिहासकै कमजोर अवस्थामा पुगेको बताएका छन् ।

उनले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिएको बताउँदै उनले व्यवसायीको मनोबल इतिहासमै कमजोर बनेको बताए ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा आजबाट सुरु भएको नाडा अटो शो २०२६ को उद्घाटन समारोहमा उनले यस्तो बताएका हुन् । उनका अनुसार, सरकारले बजेटमा लिएको लक्ष्य कार्यान्वयनमा कमजोर देखिएको छ । उनले मुलुकको अर्थतन्त्रको रिइन्जिनियरिङ गर्नुपर्ने आवश्यकता रहेको बताए ।




हाइडोपावर कम्पनीहरूको नाफामा उछालः कुन कम्पनीको वित्तीय अवस्था कति बलियो ?

Aug 21, 2026 05:32 AM

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा हाइडोपावर कम्पनीहरूको खुद नाफा औसतमा ४ सय ७१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कुल १ सय ११ वटा हाइडोपावर कम्पनीहरूको वित्तीय विवरण अनुसार ९१ वटा कम्पनी खुद नाफामा रहेका छन् भने २० वटा कम्पनी अझै घाटामा रहेका छन्।