समीक्षा वर्षमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २८.१ प्रतिशतले वृद्धि भई १६ अर्ब १९ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १६.३ प्रतिशतले बढेको थियो।
त्यस्तै, आर्थिक वर्षको अन्तिम महिना अर्थात् २०८३ असारमा मात्रै विप्रेषण आप्रवाह रु। २४२ अर्ब ३३ करोड रहेको छ। अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु. १८९ अर्ब ११ करोड रहेको थियो।
#C6 समीक्षा वर्षमा खुद खुद ट्रान्सफर २५ खर्ब ८१ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आय १८ खर्ब ७४ अर्ब ३० करोड रहेको थियो।
श्रम स्वीकृति लिनेको सङ्ख्या
आर्थिक वर्ष २०८२/८३ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ४ लाख ६ हजार ५१९ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख ८ हजार ७८३ रहेको छ। अघिल्लो वर्ष यस्तो सङ्ख्या क्रमशः ५ लाख ५ हजार ९५७ र ३ लाख ३३ हजार ३०९ रहेको थियो।