एनआईसी एशिया र मुक्तिनाथ क्यापिटलका दुई नयाँ सामूहिक लगानी योजना धिताेपत्र बोर्डबाट स्वीकृत

Aug 26, 2026 06:01 PM Merolagani



नेपाल धितोपत्र बोर्डले दुईवटा नयाँ सामूहिक लगानी योजनाहरूलाई विवरण पुस्तिका प्रकाशन गर्न औपचारिक स्वीकृति प्रदान गरेको छ। एनआईसी एशिया इक्वीटी अपर्चुनिटी फण्ड र मुक्तिनाथ म्युचुअल फण्ड२ ले आफ्नो योजनाका लागि स्वीकृति पाएका हुन्। दुवै योजनाहरू बन्दमुखी प्रकृतिका रहेका छन् र दुवैको अवधि दश वर्षको रहनेछ।

पहिलो योजना अन्तर्गत एनआईसी एशिया क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा एन आई सी एशिया इक्वीटी अपर्चुनिटी फण्ड आउन लागेको हो। यस योजनाको कुल आकार ८ करोड इकाई रहेको छ। यसको प्रति इकाई निष्कासन मूल्य १० रुपैयाँ कायम गरिएको छ।

त्यसैगरी दोस्रो योजनाका रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा मुक्तिनाथ म्युचुअल फण्ड २ सञ्चालनमा आउने भएको छ। यस फण्डको कुल आकार १० करोड इकाई रहेको छ र यसको पनि प्रति इकाई निष्कासन मूल्य दश रुपैयाँ नै तोकिएको छ।

 

यी दुवै सामूहिक लगानी योजनाहरूका लागि नेपाल धितोपत्र बोर्डबाट भाद्र १० गते स्वीकृति प्रदान गरिएको हो। बोर्डबाट स्वीकृति प्राप्त भएसँगै अब यी दुवै फण्डहरूलाई साधारण जनता तथा लगानीकर्ताहरूका लागि विवरण पुस्तिका प्रकाशन गरी इकाई निष्कासन गर्ने बाटो खुलेको छ।