सुन र चाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

Aug 27, 2026 11:12 AM Merolagani



भदौ ११ गते, बिहीबार, नेपाली बजारमा सुन र चाँदीकाे मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँ र चाँदी प्रतितोला १० रुपैयाँले घटेको छ । आज छापावाल सुन प्रतितोला ३ लाख २० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार १०० रुपैयाँ रहेको थियो।

आज चाँदी प्रतितोला ४ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला ४ हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो।




माथिल्लो त्रिशूली ३ ए जलविद्युत आयोजनाका ४६ कर्मचारी बेपत्ता, को–को हुन (नामावलीसहित)

Aug 27, 2026 11:44 AM

रसुवामा आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली ३ए जलविद्युत आयोजनाको पावर हाउस र बाँध क्षेत्रमा कार्यरत ४६ जना कर्मचारी बेपत्ता भएका छन्।