बीमितहरूले कुल २५ अर्ब ८७ करोड ३५ लाख ७९ हजार रुपैयाँ बराबरको प्रारम्भिक तथा अनुमानित दाबी भुक्तानीका लागि आवेदन दिएका छन्।
प्राधिकरणमा २०८३ भदौ १५ गतेसम्म प्राप्त भएको तथ्यांकलाई विश्लेषण गर्दा सबैभन्दा बढी क्षति इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ देखिएको छ। यस शीर्षक अन्तर्गत ५२ वटा दाबीमार्फत सर्वाधिक २० अर्ब ५० करोड ७७ लाख ९० हजार रुपैयाँको क्षति दाबी गरिएको छ। त्यसैगरी, ११३ वटा सम्पत्ति बीमातर्फ २ अर्ब ३४ करोड ६२ लाख २० हजार रुपैयाँ र ३१३ वटा मोटर बीमातर्फ १ अर्ब ५५ करोड ९ लाख ३९ हजार रुपैयाँको दाबी परेको छ।
अन्य बीमा शीर्षकहरूमा पनि बाढीले ठूलै असर पुर्याएको छ। परिवहन बीमातर्फ ४७ वटा दाबीबाट ८९ करोड ७७ लाख ३७ हजार रुपैयाँ, अन्य बीमातर्फ ५४ वटा दाबीबाट ५२ करोड ९२ लाख ९२ हजार रुपैयाँ र स्वास्थ्य बीमातर्फ ४ वटा दाबीबाट ४ करोड १६ लाख रुपैयाँ बराबरको प्रारम्भिक दाबी संकलन भएको छ।
बाढी प्रभावित क्षेत्रका बीमितहरूले दाबी गरेका कुल १५ वटा निर्जीवन बीमा कम्पनीहरूमध्ये सबैभन्दा बढी द ओरिएन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडमा ८ वटा दाबीबाट १३ करोड ४ लाख २१ हजार रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको छ। यसैगरी युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडमा ४ करोड ९७ लाख ४८ हजार रुपैयाँ र सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडमा २ करोड १० लाख २८ हजार रुपैयाँभन्दा बढीको दाबी आएको छ। सबैभन्दा कम नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडमा १ वटा दाबीबाट ५ लाख रुपैयाँ मात्रै दाबी परेको छ।