विपद प्रभावित क्षेत्रका ग्राहकलाई कागजात बिना नै बैंकिङ सेवा दिन राष्ट्र बैंकको निर्देशन

Sep 02, 2026 11:28 AM Merolagani



नेपाल राष्ट्र बैंकले प्राकृतिक विपदका कारण महत्त्वपूर्ण कागजात गुमाएका नागरिकहरूलाई बैंकिङ सेवामा पहुँच पुर्याउन बैंक तथा वित्तीय संस्थाहरूलाई विशेष निर्देशन दिएको छ।

हालै रसुवा लगायतका विभिन्न जिल्लाहरूमा आएको प्राकृतिक विपदबाट प्रभावित भई धेरै ग्राहकले चेक, एटीएम कार्ड, मोबाइल फोन तथा अन्य परिचय खुल्ने कागजातहरू गुमाएका छन्। यस्तो विषम परिस्थितिमा सर्वसाधारणलाई बैंकिङ कारोबार गर्न समस्या नहोस् भन्ने उद्देश्यले राष्ट्र बैंकले यस्तो सहजीकरण गरेको हो।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले क, ख, ग र घ वर्गका सबै बैंक तथा वित्तीय संस्थाहरूलाई पत्राचार गर्दै ग्राहकको पहिचानका लागि लचकता अपनाउन निर्देशन दिएको छ। ग्राहकले आफ्नो चेक वा कार्ड गुमाएको भए तापनि बैंकमा पहिले नै रहेको हस्ताक्षरको नमुना, ग्राहकको फोटो, र संस्थामा उपलब्ध अन्य व्यक्तिगत विवरणहरूको आधारमा ग्राहकको पहिचान यकीन गरी सेवा प्रदान गर्नुपर्ने छ।