गत भदौ १४ गतेदेखि राजमार्ग अवरुद्ध भएसँगै काठमाडौँ, धादिङ र काभ्रेपलाञ्चोक जिल्लामा सञ्चालित ग्यास उद्योगका खाली सिलिन्डरहरू तराईका जिल्लाहरूमा पुर्याएर भर्ने र वैकल्पिक मार्ग प्रयोग गरी उपत्यकामा भित्र्याउने विशेष व्यवस्था मिलाइएको हो।
निगमका अनुसार काठमाडौँ उपत्यकामा नियमित आपूर्ति सुनिश्चित गर्न बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरी जिल्लामा अवस्थित ग्यास उद्योगहरूमा सिलिन्डर रिफिल गर्ने व्यवस्था मिलाइएको छ। यस प्रक्रियाअन्तर्गत पछिल्लो तीन दिनको अवधिमा मात्रै कुल ८७ हजार ८ सय ७७ वटा ग्यास सिलिन्डर तराईका उद्योगहरूमा भरेर काठमाडौँ ल्याई विक्री वितरण गरिसकिएको छ।
कुन उद्योग/ब्राण्डले कति भित्र्याए ? (विस्तृत तालिका)

जसमा भदौ १८ गते २४ हजार ४ सय ९४ सिलिन्डर, भदौ १९ गते ३४ हजार १ सय ३४ सिलिन्डर र भदौ २० गते २९ हजार २ सय ४९ वटा सिलिन्डर विभिन्न उद्योगहरूबाट रिफिल गरी काठमाडौँ ल्याइएको निगमको तथ्याङ्कले देखाउँछ।
कुल भित्रिएको ग्यास सिलिण्डर संख्या:
-
२०८३।०५।१८: २४,४९४ सिलिण्डर
-
२०८३।०५।१९: ३४,१३४ सिलिण्डर
-
२०८३।०५।२०: २९,२४९ सिलिण्डर
-
जम्मा कुल परिमाण = ८७,८७७ सिलिण्डर
यसरी तराईबाट रिफिल गराएर ल्याइएका ग्यासहरूमा श्री, सूर्य, ओम, श्रीराम, सगरमाथा, साईबाबा, श्रीकृष्ण, कावसन्स, उग्रचण्डी, एभरेष्ट, सुगम, नेपाल ग्यास, हिमालयन पेट्रोकेमिकल्स, मेट्रो काठमाडौँ, सिद्धार्थ, गौरीशंकर, सिताश्री र नमस्ते लगायत १६ वटा उद्योगका ब्राण्डहरू रहेका छन्।
अविरल वर्षा र पहिरोका कारण पृथ्वीराजमार्गको कृष्णभिर खण्ड नियमित रूपमा सञ्चालनमा नआउँदासम्म उपत्यकामा ग्यासको अभाव हुन नदिन यही प्रकृया अनुसार नै एलपी ग्यासका सिलिन्डरहरू भित्र्याई विक्री वितरण गर्ने कार्यलाई निरन्तरता दिइने निगमले स्पष्ट पारेको छ।