मुक्तिनाथ विकास बैंकले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई एक्वायर गर्ने

Sep 07, 2026 10:02 AM Merolagani



मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) ले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई एक्वायर (प्राप्ती) गर्ने भएको छ। भदौ १९ गते बसेको यी बैंकहरुको सञ्चालक समितिको बैठकले सो प्राप्तीको निर्णय गरेको हो।

निर्णय अनुसार मुक्तिनाथ विकास बैंकसँग यी दुबै कम्पनीहरुले प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। यससँगै यी कम्पनीहरुको आधारभूत शेयरधनीहरुको शेयर कारोबार रोक्का गरिएको छ।