योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको भदौ १८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नबिल ब्यालेन्स्ड फण्ड २ ले आफ्ना इकाईधनीलाई ३.५ प्रतिशत र नबिल ब्यालेन्स्ड फण्ड ३ का इकाईधनीले २.५ प्रतिशत प्रतिफल प्राप्त गर्ने भएका हुन। यस्तै, नबिल इन्भेष्टमेन्ट बैंकिङकै अर्को नबिल फ्ल्क्सी क्याप फण्ड र एन आई ३१ योजनाहरुले यस पटक प्रतिफल घोषणा गरिएको छैन।
प्रतिफल वितरण प्रयोजनका लागि यी योजनाहरूले आगामी असोज ७ गते बुधबार एक दिनका लागि इकाईधनी दर्ता किताब बन्द हुने भएको छ । जस अनुसार असोज ६ गतेसम्म सम्म इकाई खरिद गर्ने इकाईधनीले उक्त घोषणा गरिएको उक्त प्रतिफल प्राप्त गर्न सक्नेछन ।