जिल्ला प्रशासन तथा सुरक्षा निकायद्वारा जारी जरुरी सूचना अनुसार, २०८३ भदौ २१ गते (आइतबार) बिहान करिब ३:३० बजे चुमनुव्री गाउँपालिका–४ नामरुङस्थित थेराङ खोलामा आएको बाढीले पदमार्गका दुई महत्वपूर्ण पुलहरू बगाएको हो।
बाढीले चुमनुव्री गाउँपालिकाको वडा नम्बर २ र ४ जोड्ने फलामे पुल तथा गापदेखि नामरुङ जंगलतर्फ जाने बुढीगण्डकी नदीको झोलुङ्गे पुल बगाएको छ। बाटो पूर्ण रूपमा अवरुद्ध भएपछि मनास्लु पदमार्ग वा लार्केपास पदमार्गको यात्रामा रहेका तथा जाने तयारीमा रहेका स्वदेशी तथा विदेशी पदयात्रीहरूलाई अर्को सूचना जारी नभएसम्म यात्रा नगर्न र नगराउन प्रशासनले अनुरोध गरेको छ।
अलपत्र परेका यात्रुका लागि आपत्कालीन सम्पर्क नम्बरहरू:
प्रशासनले बाटोमा अलपत्र परेका यात्रुहरूको उद्धार, समन्वय तथा अद्यावधिक जानकारीका लागि निम्न सम्पर्क नम्बरहरू उपलब्ध गराएको छ:
-
जिल्ला प्रहरी कार्यालय, गोरखा: ९८६०५५५५५५, ९८५६०६११९०
-
जिल्ला प्रशासन कार्यालय, गोरखा: ९८५६०५७७७७, ९८५६०५७७७८, ९८५६०५७७८०
-
जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (DEOC), गोरखा: १२३४, ९७४८४३०२००, ९८६७१७३६९४
-
पर्यटक प्रहरी (Tourist Police): ११४४
-
नेपाल प्रहरी (Emergency): १००