गत साता पाँच कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये चार कारोबार दिन नेप्से बढेर बन्द भएको थियो भने एक कारोबार दिन घटेर बन्द भएको थियो।
खरिदकर्ता बलियो
साप्ताहिक रुपमा गत साता नेप्सेले बुलिश मारुबोजु मैनबत्ती बनाएको छ। त्यस्तै, साताको अन्तिम कारोबार दिन पनि नेप्सेले हरियो मारुबोजु मैनबत्ती बनाएको छ। यसले सो दिन र सो साता नेप्सेमा खरिदकर्ता बलियो रहेको संकेत गर्दछ।
बुलिश ‘सिफ्ट’
गत साता नेप्से परिसूचक १० दिने र २५ दिने मुभिङ्ग एभरेजहरुभन्दा माथि रहेको छ। यसले बजारको अल्पकालीन प्रवृत्ति पूर्ण रुपमा बुलिश ‘सिफ्ट’ भएको संकेत गर्दछ। आगामी दिनका लागि नेप्सेको ५० दिने र १०० दिने मुभिङ्ग एभरेजहरु प्रतिरोधको रुपमा रहेका छन्।

‘स्मार्ट मनी’ को सहभागिता
गत साता नेप्सेको दैनिक भोल्यूम, २० दिने औषत भोल्युमभन्दा बढी रहेको छ। साताका पाँचै कारोबार दिन दैनिक भोल्यूम, २० दिने औषत भोल्यूमभन्दा बढी रहेको छ। नेप्सेको वृद्धिलाई बलियो भोल्यूमको साथ हुनुले बजारमा ‘स्मार्ट मनि’ र संस्थागत लगानीकर्ताहरुको सहभागिता रहेको संकेत गर्दछ।

बुलिश प्रवृत्ति
गत साता नेप्सेको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा माथि रहेको छ भने यी दुई रेखा बीचको दूरी फराकिलो हुँदै गएको छ। त्यस्तै, नेप्सेको हिस्टोग्राम पनि सकारात्मक क्षेत्रमा बढ्दो क्रममा रहेको छ। यसले गत साता नेप्से बुलिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।

तिव्र बुलिश मोमेन्टम
गत साता नप्सेमा स्टकास्टिक आरएसआई तिव्र रुपमा ओभरबट जोनतर्फ बढिरहेको देखिन्छ। यसले बजारमा तिव्र बुलिश मोमेन्टम रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)
(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)