त्रिपुरेश्वरमा बसमा आगोलागीः चालककाे ९० प्रतिशत भाग जल्याे, चालकले नै आगो लगाएको खुलासा

Sep 21, 2026 02:50 PM Merolagani



काठमाडौँको त्रिपुरेश्वरमा बसमा स्वंयम चालकले नै आगो लगाएको हुनसक्ने प्रहरीले निष्कर्ष निकालेको छ ।

काठमाडौं प्रहरी परिशरका अनुसार, ट्राफिक प्रहरीसँग सामान्य विवाद भएको र चालकले नै आगो लगाएको हुनसक्ने निष्कर्ष छ ।

चालक २५ वर्षीय दावा लामाको अवस्था भने गम्भीर रहेको छ । कीर्तिपुर बर्न अस्पतालमा पुर्याएका चालक लामाको शरीरको ९० प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ ।