नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई आज शिक्षा तथा खेलकुद मन्त्रालयमा उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्।
चेक हस्तान्तरण कार्यक्रममा मन्त्री पोखरेलले विपद्को समयमा चीनले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे। उनले आगामी दिनमा पनि नेपाल र चीनबीच आवश्यक समन्वय र सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरे।
राजदूत चाङले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकालाई प्रत्यक्ष सहयोग पुग्ने उद्देश्यले उक्त रकम उपलब्ध गराइएको जानकारी दिए।
बाढीबाट प्रभावित बालबालिकाको शिक्षा तथा आवश्यक सहयोगमा उक्त रकम प्रयोग गरिने बताइएको छ।