सामाजिक सञ्जालमा आएको एक भिडियोमा घटना भएको स्थलमै वरपर ५-६ जना ट्राफिक रहेका छन् । चालक बसभित्रैबाट आफ्नो कुनै गल्ती नभएको र बिनाकारण चिट काट्न लागेको र दुःख दिएको कुरा बताएका छन् । उनले भनेका छन्- ‘बिना गल्ती उहाँहरुले मलाई फाइन हान्न मिल्छ ?'
त्यहाँका रहेका ट्राफिक अगाडि लगेर रोक्न र कागतपत्र मागेको सुनिन्छ । ‘मेरो गल्ती बिना नै उहाँहरुले किन यस्तो गर्नुभयो । बरु म मर्न तयार छु । तर, म छोड्दिन,’ उनले ट्राफिक प्रहरीसँग झोक्किदै भनेका छन् । त्यस्तै उनले यात्रुहरु समेत सबै झार्नुपरेको समेत गुनासो गरेका छन् ।
‘मेरा प्यासेन्जर झारेको तपाईले देख्नुभएको छ,’ उनले भने, ‘मेरो गल्ती के छ प्रमाण देखाउनुस् ।’ उनले ट्राफिक प्रहरीलाई अनुनयविनय गर्दा पनि नमानेको बताए ।
‘हामी काम गर्ने मान्छे हो । बरु मर्न तयार छु,। कस्सम छोड्दिन म । जे गर्न सक्छौं गर जा ।’ उनले आक्रोशित शैलीमा गाडीबाटै भनेका छन् ।