पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–२ बसुन्डोलका ३१ वर्षीय रोशन सुर्खेती र २६ वर्षीय सन्जय बिसुंखे रहेका छन्।
प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका–७ थानकोटस्थित एक स्वास्थ्य क्लिनिकमा बिहीबार साँझ अपरिचित व्यक्तिहरू प्रवेश गरेका थिए। उनीहरूले आफूहरू मेडिकल पसलको अनुगमनमा खटिएका सादा पोसाकका प्रहरी भएको भन्दै क्लिनिक सञ्चालकलाई डर–त्रास र धाक–धम्की दिएका थिए।
त्यस क्रममा उनीहरूले औषधि पसलको काउन्टरबाट नगद रकमसमेत लिएर भागेको सूचना पाएपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले खोजी गरेको थियो।
सोही क्रममा प्रहरीले घटनामा संलग्न रहेको आरोपमा सुर्खेती र बिसुंखेलाई पक्राउ गरेको हो।
उनीहरूमाथि आपराधिक लाभ ९एक्सटर्सन० तथा ठगीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जिल्ला अदालत काठमाडौंबाट चार दिनको म्याद थप अनुमति लिएर प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।