कन्सोलिडेसनपछिको वृद्धि
कम्पनीको शेयरमूल्य लामो समयसम्म टेवा क्षेत्रमा अडिएर कन्सोलिडेसनमा रहेको थियो। पछिल्ला दिनहरुमा कम्पनीको शेयरमूल्य उच्च भोल्यूमसहितको तीव्र वृद्धिका कारण मूल्यले आफ्ना १० दिने, २५ दिने, ५० दिने र १०० दिने मुभिङ्ग एभरेजलाई सहर्ज पार गरेर माथि पुगेको छ। मुभिङ्ग एभरेजहरुको यो बुलिश बनावटले मध्यकालीन बुलिशको संकेत गर्दछ।
प्रतिरोध क्षेत्रमा
गत साता कम्पनीको प्रतिरोध क्षेत्रमा रहेको छ। हाल कम्पनीको प्रतिरोध क्षेत्र २५५ देखि २६५ सम्म रहेको छ। आगामी दिनमा कम्पनीको शेयरमूल्य ओरालो लागेमा १९० देखि २०० को क्षेत्रमा टेवा पाउने देखिन्छ।

एआई सिग्नल
मेरोलगानी एआई चार्टले हालसम्म कम्पनीको शेयरमा १३ पटक बाई सिग्नल दिइसकेको छ। जसमध्ये १० सिग्नलमार्फत लगानीकर्ताहरुले नाफा कमाएका थिए भने दुई सिग्नलमा स्टप लस गर्नुपरेको थियो।

‘पर्ख र हेर’ को अवस्थामा लगानीकर्ता
गत साता कम्पनीको शेयरमूल्य घटेसँगै भोल्यूममा पनि कमी देखिएको छ। कम्पनीको शेयरमूल्य प्रतिरोध क्षेत्रमा रहँदा भोल्यूम घट्नुले ब्रेकआउट नभएसम्म लगानीकर्ताहरु थप शेयर खरिद गर्न ‘पर्ख र हेर’ को अवस्थामा रहेको संकेत गर्दछ।

बुलिश मोमेन्टम कायम
गत साता कम्पनीको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा माथि रहेको छ। त्यस्तै, कम्पनीको हिस्टोग्राम पनि सकारात्मक क्षेत्र रहेको छ। यसले कम्पनीको शेयरमूल्यमा बुलिश मोमेन्टम कायम रहेको संकेत गर्दछ। यद्यपि, कम्पनीको हिस्टोग्रामको उचाई भने घट्दो क्रममा रहेको छ।

प्रोफिट बुकिङ्गको सम्भावना
गत साता कम्पनीको स्टकास्टिक आरएसआई ओभरबट जोनमा रहेको छ। प्राविधिक रुपमा ९० भन्दा माथिको विन्दुले अल्पकालीन प्रोफिट बुकिङ्गको सम्भावना उच्च रहेको संकेत गर्दछ।

वित्तीय अवस्था
कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा २ करोड ५२ लाख ४० हजार रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी ४ करोड १३ लाख ४२ हजार रुपैयाँ नोक्सानीमा थियो।
विद्युत बिक्री आम्दानी बढेको र वित्तीय खर्च घटेसँगै कम्पनी नाफामा पुगेको हो।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १२ करोड ५६ लाख ७० हजार रुपैयाँबाट बढेर १७ करोड ४५ लाख १८ हजार रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल नाफा समीक्षा अवधिमा १० करोड ६७ लाख रुपैयाँबाट बढेर १५ करोड ३९ लाख रुपैयाँ पुगेको छ भने वित्तीय खर्च ८ करोड ५३ लाख रुपैयाँबाट घटेर ६ करोड ७९ लाख रुपैयाँमा सीमित भएको छ।
२ अर्ब २५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ७३ करोड ९८ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

गत असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ १२ पैसा रहेको छ भने बुकभ्यालु ७० रुपैयाँ ३९ पैसा रहेको छ। गत साताको अन्तिम मूल्य अनुसार कम्पनीको मूल्य आम्दानी अनुपात २२७.५ गुणा र प्राइस टु बुकभ्यालु रेशियो ३.६२ गुणा रहेको छ।

आधारभुत अवस्था
हाल नेप्सेमा कम्पनीको २ करोड २५ लाख कित्ता शेयर सूचीकृत छन्। कम्पनीको १८० दिने औषत मूल्य २२५ रुपैयाँ ६१ पैसा रहेको छ। त्यसैगरी, कम्पनीको ५२ हप्ताको उच्च मूल्य २७६ रुपैयाँ रहेको छ भने न्यून मूल्य १८० रुपैयाँ रहेको छ। साताको अन्तिम मूल्य अनुसार कम्पनीको कुल बजार पूँजीकरण ५ अर्ब ७३ करोड ३० लाख रुपैयाँ छ।

ब्रोकर ५८ बाट सर्वाधिक खरिदबिक्री
गत साता ब्रोकर नम्बर ५८ ले कम्पनीको सबैभन्दा बढी शेयर खरिदबिक्री भएको छ। गत साता सो ब्रोकरले कम्पनीको १ लाख ७० हजार कित्ता शेयर बिक्री गरी २ लाख ६५ हजार कित्ता शेयर खरिद गरेको छ। त्यस्तै, गत साता ब्रोकर नम्बर ७१ ले ९७ हजार कित्ता शेयर खरिद गरेको छ भने ब्रोकर नम्बर ३५ ले ६२ हजार कित्ता शेयर बिक्री गरेको छ।

मूल्य बढ्ने अपेक्षा घट्यो
गत साता कम्पनीको शेयरमूल्य ग्रिड जोनबाट न्यूट्रल जोनमा झरेको छ। यसले लगानीकर्ताहरुमा कम्पनीको शेयरमूल्य बढ्छ भन्ने अपेक्षा घटेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानीको डाटा एनालाइटिक्सबाट लिइएको हो।)
(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)