टेवा परीक्षणमा
गत साताको कम्पनीको शेयरमूल्यले ७१५ देखि ७५५ को टेवा क्षेत्र परीक्षणमा रहेको छ। तलबाट गएको सामान्य उकालो ट्रेण्डलाइन (माइनर ट्रेण्ड) ले हालका लागि शेयरलाई थप ठुलो हुनबाट रोकेको देखिन्छ।
मुभिङ्ग एभरेजहरुको बियरिश स्थिति
कम्पनीको शेयरमूल्य आफ्ना सबै प्रमुख मुभिङ्ग एभरेज (१० दिने, २५ दिने, ५० दिने र १०० दिने) हरुभन्दा तल कारोबार भइरहेको छ। मुभिङ्ग एभरेजहरु माथिबाट क्रमशः एकपछि अर्को गर्दै तल झर्नुले अल्पकालीन तथा मध्यकालीन रुपमा बजारमा अझै पनि बिक्रेताको दबाब कायम रहेको देखाउँछ।

‘पर्ख र हेर’ को अवस्थामा लगानीकर्ता
गत साता कम्पनीको दैनिक भोल्यूम २० दिने औषत भोल्यूमभन्दा कमजोर देखिएको छ। घट्दो मूल्यमा भोल्यूम पनि घट्दै जानुले तल्लो विन्दुमा आउँदा बिक्रीचाप कम हुँदै गएको र लगानीकर्ताहरु ‘पर्ख र हेर’ को अवस्थामा रहेको संकेत गर्दछ।

बियरिश दबाब
गत साता कम्पनीको एमएसिडी रेखा, सिग्नल रेखा र हिस्टोग्रोम सबै शून्य रेखाभन्दा तल रहेको छ। यसले बजारमा बियरिश दबाब कायम रहेको संकेत गर्दछ। यद्यपि, कम्पनीको हिस्टोग्रामको उचाई र एमएसिडी रेखा र सिग्नल रेखाबीचको दूरी न्यून रहेको छ।

टेक्निकल बाउन्सको सम्भावना
गत साता कम्पनीको स्टकास्टिक आरएसआई ओभरसोल्ड जोनमा रहेको छ। प्राविधिक रुपमा यो विन्दुमा बिक्रीचाप सकिन लागेको र जुनसुकै बेला तल्लो विन्दुबाट टेक्निकल बाउन्स ब्याक हुनसक्ने सम्भावना रहन्छ।

वित्तीय अवस्था
कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १४ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९८.०१ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ७ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको थियो।
कम्पनीको विद्युत बिक्री आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी २९ करोड ७५ लाख रुपैयाँबाट बढेर ३३ करोड ७२ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल नाफा २७ करोड ७६ लाख रुपैयाँबाट बढेर ३० करोड ६२ लाख रुपैयाँ पुगेको छ।
कम्पनीको कुल आम्दानी २७ करोड ७६ लाख रुपैयाँबाट बढेर ३० करोड ६३ लाख रुपैयाँ पुगेको छ। कम्पनीको वित्तीय खर्च भने १० करोड ९९ लाख रुपैयाँबाट घटेर ६ करोड ९८ लाख रुपैयाँमा सीमित भएको छ।
१ अर्ब १८ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी ३४ करोड ६० लाख रुपैयाँ रहेको छ।

गत असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ २४ पैसा रहेको छ भने बुकभ्यालु १२९ रुपैयाँ २० पैसा रहेको छ। गत साताको अन्तिम मूल्य अनुसार कम्पनीको मूल्य आम्दानी अनुपात ६२.४९ गुणा र प्राइस टु बुकभ्यालु रेशियो ५.९२ गुणा रहेको छ।

आधारभुत अवस्था
हाल नेप्सेमा कम्पनीको १ करोड १८ लाख ५० हजार कित्ता शेयर सूचीकृत छन्। कम्पनीको १८० दिने औषत मूल्य ९०६ रुपैयाँ ६९ पैसा रहेको छ। त्यसैगरी, कम्पनीको ५२ हप्ताको उच्च मूल्य १ हजार ५९२ रुपैयाँ ३० पैसा रहेको छ भने न्यून मूल्य ३०० रुपैयाँ रहेको छ। साताको अन्तिम मूल्य अनुसार कम्पनीको कुल बजार पूँजीकरण ९ अर्ब ६ करोड ४० लाख ६५ हजार रुपैयाँ छ।

ब्रोकर ७२ बाट सर्वाधिक खरिद
गत साता ब्रोकर नम्बर ७२ ले कम्पनीको सबैभन्दा बढी शेयर खरिद गरेको छ। सो ब्रोकरले गत साता कम्पनीको ९ हजार ८५३ कित्ता शेयर खरिद गरेको छ। त्यस्तै, गत साता कम्पनीको शेयर सबैभन्दा बढी बिक्री गर्ने ब्रोकर ६२ नै रहेको छ। सो ब्रोकरले गत साता कम्पनीको ३८ हजार २२१ कित्ता शेयर बिक्री गरेको छ। गत साता ब्रोकर ५८ ले कम्पनीको ६ हजार ८७८ कित्ता शेयर खरिद गरेको छ भने ब्रोकर ७२ ले ९ हजार ५७० कित्ता शेयर बिक्री गरेको छ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानीको डाटा एनालाइटिक्सबाट लिइएको हो।)
(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)