टिभिएस एनटर्क १५० स्कुटर नेपालमा सार्वजनिक, मूल्य ३.६९ लाख

Sep 27, 2026 05:06 PM Merolagani



टिभिएस मोटर कम्पनीले नेपालमा १५० सीसी हाइपर–स्पोर्ट स्कुटर ‘एनटर्क १५०’ सार्वजनिक गरेको छ । 

जगदम्बा मोटर्सको सहकार्यमा ल्याइएको स्कुटरमा १४९.७ सीसी इन्जिन छ, जसले १३.२ पीएस पावर र १४.२ एनएम टर्क उत्पादन गर्छ ।

एनटर्क १५० ले ६.३ सेकेन्डमा ०–६० किमी प्रतिघण्टाको गति लिन सक्ने र यसको अधिकतम गति १०४ किमी प्रतिघण्टा रहेको कम्पनीले जनाएको छ ।

स्टिल्थ एयरक्राफ्टबाट प्रेरित डिजाइन भएको स्कुटरमा ५० भन्दा बढी स्मार्ट कनेक्ट फिचर, टर्न–बाई–टर्न नेभिगेसन, राइड मोड, कल–मेसेज अलर्ट, सिंगल च्यानल एबीएस र ट्रयाक्सन कन्ट्रोल लगायतका सुविधा छन् । २२ लिटरको अन्डर–सिट स्टोरेज पनि दिइएको छ ।

एनटर्क १५० स्टिल्थ सिल्भर, रेसिङ रेड र टर्बो ब्लु गरी तीन रङमा उपलब्ध छ । यसको प्रारम्भिक मूल्य ३ लाख ६९ हजार ९०० रुपैयाँ तोकिएको छ ।




जागिरको खोजीमा भूपु मन्त्री: श्रद्धा श्रेष्ठले नेपालमा बसालेको संस्कारले दिएको गम्भीर सन्देश

Sep 23, 2026 02:43 PM

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि झण्डै साढे तीन दर्जन आकाँक्षीहरुले आवेदन दिएका छन् । त्यसमध्येकी एक पात्र हुन् श्रद्धा श्रेष्ठ।