वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

Sep 29, 2026 02:12 PM Merolagani



वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ बस्ने लमजुङ दोर्दी गाउँपालिका-८ घर भएका ४५ वर्षीय खर्वा तामाङ र काठमाडौं तारकेश्वर नगरपालिका-६ बस्ने धादिङ नेत्रावती डबजोङ गाउँपालिका-५ घर भएका ३१ वर्षीय हरि तिमिल्सिना भन्ने ईश्वर खतिवडा रहेका छन् ।

पक्राउ मध्ये खर्वाले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख रूपैयाँ र ईश्वरले स्लोभेनिया र माल्दिभ्स पठाइदिन्छु भन्दै २५ जना पीडितहरूबाट ८५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले खर्वालाई काठमाडौं सिनामंगलबाट शनिबार र ईश्वरलाई काठमाडौं महानगरपालिका-२६ बाट बिहीबार पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।




तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Sep 28, 2026 08:58 AM

असोज १२ गते, सोमबार, तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक (SHINE), सर्वोत्तम पेन्ट्स र अरुण भ्याली हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।