साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी बैंकहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेले यस दिन नबिलको ५ प्रतिशत र गरिमा (GBBL) को १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात नबिल बैंकको शेयरमूल्य ५३९ रुपैयाँ ५ पैसा कायम भएको छ भने गरिमाको ४१४ रुपैयाँ ५५ पैसा कायम भएको छ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात मंगलबार दोस्रो बजारमा नबिलको शेयर प्रतिकित्ता ५६६ रुपैयाँमा र गरिमाको ४५६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा यी कम्पनीहरुको कारोबार खुल्नेछ।