तर, सरकार गठनअघिको अन्तिम कारोबार दिन अर्थात गत चैत १२ गते नेप्से २,९५०.१६ अंकमा बन्द भएको थियो। त्यसको ठीक ६ महिनापछि असोज १३ गतेको कारोबारमा सूचक २,५९८.८९ अंकमा झरेको छ। यसरी गिरावट भएकाे बजारका बारेमा रास्वपाले लगानीकर्तालाई के भन्ने हाेला ?
रास्वपाका सांसद तथा केन्द्रीय सदस्यहरू ७७ जिल्लाका ७५३ वटै पालिकामा पुग्ने पार्टीले जनाएको छ। अभियानमार्फत स्थानीय नागरिकका समस्या र अपेक्षा सुन्नुका साथै सरकार र संसदबाट भएका कामबारे जानकारी गराउने तयारी छ।
पार्टीका अनुसार यसपटक रास्वपाको अभियानमा नागरिकका कुरा सुन्ने मात्र होइन, पार्टीले गरेका काम र आगामी योजनाबारे आफ्नो धारणा राख्ने पक्षलाई पनि प्राथमिकता दिइनेछ।
अभियानको अर्को प्रमुख विषय आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया रहनेछ। रास्वपाले स्थानीय नेतृत्वका लागि सक्षम र नेतृत्व लिन तयार व्यक्तिलाई कसरी छनोट गर्ने भन्नेबारे नागरिकलाई जानकारी गराउने बताएको छ।