दसैँमा नयाँ तथा खुद्रा नोट सटहीका लागि छुट्टै मिति नतोकिने

Oct 01, 2026 11:51 AM Merolagani



नेपाल राष्ट्र बैंकले यसपालि दसैँका लागि नयाँ तथा खुद्रा नोट सटहीको छुट्टै मिति नतोक्ने भएको छ।

राष्ट्र बैंकले नियमित कार्यालय समयमै बजारको मागअनुसार नयाँ तथा खुद्रा नोट सटही सुविधा दिने भएको हो।

विगतमा दसैँलाई लक्षित गरेर निश्चित मिति तोकी नयाँ नोट वितरण गर्ने अभ्यास थियो। तर, यसपालिदेखि नयाँ तथा खुद्रा नोट सटहीलाई नियमित सेवाकै रूपमा सञ्चालन गरिनेछ। राष्ट्र बैंकसँग पर्याप्त नोट रहेकाले मागअनुसार नयाँ नोट उपलब्ध गराइनेछ। नयाँ नोटले माग धान्न नसके सुकिला नोटसमेत वितरण गर्ने राष्ट्र बैंकको योजना छ।

राष्ट्र बैंकको बैंकिङ काउन्टरसँगै बैंक तथा वित्तीय संस्थाहरूले पनि नयाँ तथा खुद्रा नोट लगेर आफ्ना ग्राहकलाई वितरण गरिरहेका छन्। अहिले राष्ट्र बैंकमा नोट सटही गर्न जानेले दुई बन्डलसम्म साट्न पाउने व्यवस्था छ। एउटा बन्डलमा ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नोट एक–एक सय थान हुन्छन्।

राष्ट्र बैंकका अनुसार व्यक्तिगत प्रयोजनका लागि नयाँ नोट नपाइन सक्छ भने व्यापारिक प्रयोजनका लागि नयाँ तथा सुकिला नोट सटहीको सुविधा उपलब्ध हुनेछ।

यसपालि दसैँमा नयाँ नोट साट्न चाहनेले राष्ट्र बैंकले छुट्टै मिति तोक्ने प्रतीक्षा गर्नुपर्ने छैन। नियमित कार्यालय समयमा नै नोट सटही गर्न सकिनेछ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।