'सरकारको ‘एक्सप्रेस वे’मा हिँडेको गाडी रत्नपार्क र कोटेश्वरको जाममा फसेको छ'

Oct 01, 2026 06:20 PM Merolagani



श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले सरकारले कानून निर्माणमा अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाए ।

बिहीवार सिंहदरबारस्थित संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् । सरकारको ६ महिनाको कामको समीक्षा गर्दै राईले प्रधानमन्त्रीले चितवनमा सरकारको गाडी एक्सप्रेस वेमा हिँडेको र गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्ने बताएको स्मरण गरे । तर सरकार गन्तव्यमा नपुग्दै रोकिएको उनको टिप्पणी छ । उनले सरकारको गाडी अहिले कोटेश्वर र रत्नपार्कको जाममा फसेको टिप्पणी गरे । उनले सरकारले विकास निर्माण र सुशासनको पक्षमा समेत जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाए ।

उनले भने, ‘कानून निर्माणको विषयमा सरकारले बाहिर हल्ला गरेजस्तो काम त भएन । तर पनि केही केही कानूनहरु बनेका छन् । तर पनि निर्माण भएका कानून हामी सबैका साँझा हुन् । हामी सबैले आत्मसाथ गर्नुको विकल्प छैन । सरकारको ६ महिनाको कामको समीक्षा गर्दा, प्रधानमन्त्रीज्यूले चितवनमा हामी एक्सप्रेस वे मा हिँडेका छौँ, गन्तव्यमा पुगेर मात्र ब्रेक लाग्छ भन्नुभएको थियो । तर उहाँहरु गन्तव्यमा नपुगि ब्रेक लाग्नुभयो । उहाँहरु आजभोलि कोटेश्वर र रत्नपार्कको जाममा फस्नुभएको छ । सरकारको अवस्था यस्तो छ । उहाँहरुले विकास कहाँ गर्नुभयो भन्दाखेरी सामाजिक सञ्जालमो एल्गोरिदममा गर्नुभयो । विकास एल्गोरिदममा होइन परिणाममा दिनुपर्छ ।’

उनले विकास सामाजिक सञ्जालको एल्गोरिदममा नभई परिणाममा देखिनुपर्ने बताए ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।