नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, गत असोज १० शनिबार नेपाली बजारमा २ लाख ९८ हजार ६०० रुपैयाँमा किनबेच भएको सुनको मूल्य एक सातापछि अर्थात असोज १६ गते शुक्रबार आइपुग्दा ३८०० रुपैयाँले घटेर प्रतितोला २ लाख ९४ हजार ८०० रुपैयाँमा झरेको हो ।
त्यस्तै, असोज ११ गते आइतबार भने प्रतितोला ७०० रुपैयाँ बढेर उक्त दिन सुन २ लाख ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, असोज १२ गते सोमबार भने एकैदिन सुन प्रतितोला ५ हजार रुपैयाँले घटेर २ लाख ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, असोज १३ गते मंगलबार एकैदिन ३ हजार ८०० रुपैयाँले घट्र २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, असोज १४ गते बुधबार भने सुनको मूल्य २ हजार ८०० रुपैयाँले बढेर २ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, असोज १५ गते बिहीबार भने सुनको मूल्य भने स्थिर रह्यो । र, हप्ताको अन्तिम दिन असोज १६ गते शुक्रबार भने सुन प्रतितोला १५०० रुपैयाँले बढेर २ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस हप्ता समग्रमा सुनको मूल्यमा त्यति ठूलो उतारचढाव भने आएन् । मात्र, ३८०० रुपैयाँले सुनको मूल्य घट्यो । चाडपर्व नजिकिँएसँगै नयाँ गहना बनाउने र गहना किन्नेहरुको कारण मूल्य घट्ने अनुमान गरिएको छ ।