अक्टोबर १ देखि नोभेम्बर ११, २०२६ सम्म ६ हप्तासम्म सञ्चालन हुने क्याम्पेनमा यात्रुहरूले राइड्स पूरा गरी ५ ग्राम सुनका सिक्का, सामसुङ स्मार्ट टीभी र स्मार्टवाच जित्ने अवसर पाउनेछन्।

क्याम्पेनअन्तर्गत हप्तामा ५ वा बढी राइड पूरा गर्ने यात्रु ५ ग्राम सुनको सिक्काको लक्की ड्रमा सहभागी हुन सक्नेछन्। ३ वा बढी राइड पूरा गर्नेले ३२ इन्च सामसुङ स्मार्ट टीभी तथा कम्तीमा एक राइड पूरा गर्नेले स्मार्टवाच जित्ने अवसर पाउनेछन्।
छ हप्तामा इनड्राइभले ६ वटा ५ ग्राम सुनका सिक्का, ६ वटा स्मार्ट टीभी र १२ वटा स्मार्टवाच वितरण गर्ने जनाएको छ।
इनड्राइभ नेपालकी मार्केटिङ म्यानेजर श्रेया मानन्धरले दशैं–तिहारको यात्रालाई थप रमाइलो र विशेष बनाउन क्याम्पेन ल्याइएको बताइन्। कम्पनीले सामाजिक सञ्जाल, डिजिटल सामग्री र इन्फ्लुएन्सरमार्फत क्याम्पेन तथा विजेताको घोषणा गर्ने जनाएको छ।