अक्टोबरमा हुन्डाई क्रेटाका कार किन्दा १.२५ लाख भारतीय रुपैयाँसम्म छुट

Oct 05, 2026 01:14 PM Merolagani



हुन्डाई मोटर इन्डियाले अक्टोबर २०२६ मा आफ्ना विभिन्न मोडलमा आकर्षक छुट तथा अफर सार्वजनिक गरेको छ। 

कम्पनीले ग्रान्ड आई१० निओस, आई२०, अउरा, भर्ना, एक्स्टर, भेन्यू, क्रेटा, क्रेटा एन लाइन, क्रेटा इलेक्ट्रिक र अल्काजारमा नगद छुट, एक्सचेन्ज तथा स्क्र्यापेज बोनस, अपग्रेड बेनिफिट र नवरात्रि बुकिङ अफर दिएको हो।

सबैभन्दा बढी छुट क्रेटा एन लाइनमा १.२५ लाख भारतीय रुपैयाँसम्म रहेको छ। यसमा नगद छुट, एक्सचेन्ज बेनिफिट, स्क्र्यापेज बोनस, अपग्रेड अफर, नवरात्रि बुकिङ बोनस र ग्रामीण ग्राहकका लागि थप सुविधा समावेश छन्।

त्यस्तै, नियमित क्रेटामा भेरियन्टअनुसार १।१५ लाख रुपैयाँसम्म छुट उपलब्ध छ। क्रेटा इलेक्ट्रिकमा पनि भेरियन्टअनुसार ५० हजारदेखि ६५ हजार रुपैयाँसम्मका विभिन्न बेनिफिट दिइएको छ।

क्रेटा पेट्रोल र डिजेलमा १।५ लिटरका इन्जिन विकल्प उपलब्ध छन् भने क्रेटा एन लाइनमा १.५ लिटर टर्बो पेट्रोल इन्जिनले १६० पीएस पावर र २५३ एनएम टर्क उत्पादन गर्छ। क्रेटा इलेक्ट्रिकमा ४२ र ५१.४ किलोवाट–घण्टाका ब्याट्री विकल्प छन्, जसले क्रमशः ३९० र ४७३ किलोमिटरसम्मको दाबी गरिएको रेन्ज प्रदान गर्छन्।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।