सुनकाे मूल्य स्थिर,चाँदीको भने घट्यो

Oct 06, 2026 10:46 AM Merolagani



असोज २० गते, मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेकाे छ भने चाँदीको मूल्य घटेको छ । यस दिन सुन सोमबारको बजारमा कायम हुने मूल्यलाई नै आधार मानेर कारोबार हुनेछ भने चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। साेमबारको बजारमा सुन प्रतितोला दुई लाख ९१ हजार ५०० रुपैयाँमा नै खरिदबिक्री भएको थियो।

त्यस्तै, यस दिन चाँदी प्रतितोला चार हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला चार हजार ४३० रुपैयाँमा कारोबार भएको थियो।

 




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।