आमनागरिकलाई बजेट बुझाउन ‘नागरिक बजेट’ पुस्तिका सार्वजनिक

Oct 12, 2026 11:53 AM Merolagani



सरकारले चालु आर्थिक वर्षको बजेटलाई सर्वसाधारणले सहजै बुझ्न सक्ने गरी ‘नागरिक बजेट’ सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले ‘हाम्रो कर, हाम्रै बजेट, हाम्रै भविष्य’ भन्ने नारासहित आफ्नो वेबसाइटमार्फत यो संक्षिप्त र सरल पुस्तिका ल्याएको हो।

बजेट तथा खर्च प्रणालीलाई पारदर्शी र जवाफदेही बनाउने उद्देश्यले जेठ १५ मा प्रस्तुत बजेटलाई नै सरल भाषामा रूपान्तरण गरी यो पुस्तिका तयार गरिएको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताएका छन्।

पुस्तिकाका मुख्य आकर्षणहरू:

  • बजेट प्रक्रिया र लक्ष्य: बजेट निर्माणका ६ वटा चरण, आर्थिक लक्ष्य, सार्वजनिक ऋण र आम्दानीका स्रोतहरूको प्रस्ट विवरण।

  • कर सुधार: व्यक्तिगत आयकरको छुट सीमा वृद्धि, कच्चा पदार्थको भन्सार दर कटौती तथा ६० वस्तुमा अन्तःशुल्क खारेजीबारे जानकारी।

  • वित्तीय बाँडफाँट: तीन तहका सरकारबिचको राजस्व बाँडफाँट र मन्त्रालयगत खर्चको विवरण।

  • लक्षित वर्गका सुविधा: ‘कसले के पाउँछन्’ शीर्षकअन्तर्गत किसान, विद्यार्थी, महिला, श्रमिक र उद्यमीलगायतका लागि गरिएका व्यवस्थाको बुँदागत उल्लेख।

  • जनसहभागिता: आगामी बजेटमा योजना पार्ने प्रक्रिया, बजेटसम्बन्धी प्राविधिक शब्दावलीको अर्थ र जिज्ञासा राख्ने सम्पर्क विवरण।