चाडबाडमा नेपाल टेलिकमको बम्पर अफर : एफटीटीएच जडान निःशुल्क, मोबाइलमा अनलिमिटेड डेटा र सस्तो भ्वाइस प्याक

Oct 12, 2026 02:54 PM Merolagani



नेपाल टेलिकमले नेपालीहरूको महान् चाड दसैँ, तिहार तथा छठपर्वका अवसरमा आफ्ना ग्राहकहरूका लागि विशेष फेस्टिभ अफर सार्वजनिक गरेको छ। 

अफरअन्तर्गत तीव्र गतिको इन्टरनेट (एफटीटीएच) जडानमा आकर्षक छुटका साथै जीएसएम प्रिपेड र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि सहुलियत दरका डेटा, भ्वाइस र एसएमएस प्याकेजहरू उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

टेलिकमले सार्वजनिक गरेका मुख्य–मुख्य अफरहरू यस प्रकार छन्:

एफटीटीएच (इन्टरनेट) अफर : जडान शुल्क मिनाहा र बोनस

  • निःशुल्क जडान: असोज २५ देखि कात्तिक ३० गतेसम्म नयाँ एफटीटीएच जडान गर्ने ग्राहकको ५ सय रुपैयाँ जडान शुल्क पूर्ण रूपमा मिनाहा गरिएको छ।

  • १३ महिनाको प्याकेज: १००, १५० र २०० एमबीपीएसका नयाँ वार्षिक प्याकेज खरिद गर्ने ग्राहकलाई १ महिना थप गरी कुल १३ महिनाको इन्टरनेट सुविधा दिइनेछ। यससँगै प्राप्त हुने बोनस मोबाइल डेटा पनि १३ महिनासम्म नै उपभोग गर्न सकिनेछ।

  • सेट-टप बक्समा छुट: भर्चुअल सेट–टप बक्ससहितको प्याकेज लिने ग्राहकले यसअघिदेखि नै १ हजार रुपैयाँ छुट पाउँदै आएका छन्।

जीएसएम मोबाइल सेवा : अनलिमिटेड डेटा र सस्तो कल

मोबाइल प्रयोगकर्ताका लागि ३० दिन समयावधि रहने गरी निम्न प्याकेजहरू ल्याइएको छ:

  • फेस्टिभल अनलिमिटेड डेटा (रू. ४९९): यसमा दैनिक ५ जीबी डेटा पाइनेछ। दैनिक कोटा सकिएपछि पनि २ एमबीपीएसको गतिमा महिनाभर अनलिमिटेड इन्टरनेट चलाउन सकिनेछ।

  • फेस्टिभल अनलिमिटेड प्रिमियम डेटा (रू. ६९९): यसमा दैनिक १० जीबी डेटा पाइनेछ। तोकिएको कोटा सकिएपछि ३ एमबीपीएसको गतिमा महिनाभर अनलिमिटेड इन्टरनेट चलाउन सकिनेछ।

  • जोयफुल मिनेट्स (भ्वाइस प्याक - रू. २५०): नेपालका जुनसुकै नेटवर्कमा कुरा गर्न सकिने (अल-नेट) १ हजार मिनेट टक-टाइम।

  • फेस्टिभ म्यासेज प्याक (रू. ९९): नेपाल टेलिकमकै नेटवर्कभित्र पठाउन मिल्ने (अन-नेट) १ हजार एसएमएस।

कसरी लिने सुविधा?

मोबाइल प्याकेजहरू आगामी असोज ३० देखि कात्तिक ३० गतेसम्म खरिद गर्न सकिनेछ। ग्राहकले आफ्नो मोबाइलबाट *1415*11# डायल गरेर वा ‘नेपाल टेलिकम एप’ मार्फत सहजै यी प्याकेजहरू सुचारु गर्न सक्नेछन्।

चाडपर्वका बेला आफन्त र परिवारजनसँग निरन्तर सम्पर्कमा रहन र खुसी साटासाट गर्न यी सहुलियतपूर्ण प्याकेजहरू निकै उपयोगी हुने विश्वास टेलिकमले लिएको छ।