प्रसंग हो ३०८ पाङ्ग्रासहित बेल्जियमबाट भारत आएको एउटा ट्रकको ।
बेल्जियमको मेशिन बन्दरगाहबाट करिब ११ सय किलोमिटर यात्रा गर्दै झण्डै डेढ महिनामा भारतीय भूमी टेकेको यो विश्वकै सबैभन्दा ठूलो ट्रक भएको दावी गरिएको छ । यसले अझै करिब ३ सय किमी यात्रा गर्नुछ ।

भारतमा यो विशाल ट्रकले विभिन्न क्षेत्रमा बिजुली अवरुद्ध गराएको र त्यसलाई अघि बढाउन विद्युतका तार काटिएको छ। यति ठूलो भार बोकेको सवारीसाधन सामान्य राजमार्गमा गुड्ने ट्रकजस्तो हुँदैन । यसको यात्रा सुरु गर्नुअघि नै सडकको क्षमता, पुलको भारवहन क्षमता, मोडको चौडाइ, विद्युत् तथा दूरसञ्चारका तार र बाटोमा पर्ने संरचनाको विस्तृत अध्ययन गर्नुपर्छ ।
दिनमा करिब १० देखि २० किलोमिटर मात्र यात्रा गर्न सकेको छ। यो सामान्य ट्रक नभएकाले यसको सुरक्षाका लागि एउटा सिङ्गो काफिला नै साथमा छ । यस यात्रामा १४ भन्दा बढी गाडीहरू (जस्तैः क्रेन, जेसीबी, हाइड्रा र प्राविधिक विशेषज्ञहरूको टोली) सँगै हिँडिरहेका छन्। करिब ५० जना इन्जिनियर, मेकानिक र प्राविधिकहरूको स्टाफ २४ घण्टा यसको रेखदेखमा खटिएका छन्। दैनिक करिब २०० लिटर डिजेल खपत गर्दै यो ट्रक दिनमा १० देखि २० किलोमिटर मात्र अगाडि बढ्न सकेको छ। यस यात्रामा दुई करोड भारतीय रुपैयाँ बराबरको डिजेल खर्च भएको दाबी गरिएको छ छ।
प्रशासन तथा प्राविधिक टोलीका अनुसार लखिमपुर खीरीको कुम्भीस्थित बलरामपुर चिनीमिलसँग सम्बन्धित औद्योगिक परियोजनामा पुर्याउन लागिएको हो। सम्बन्धित परियोजनामा इथानोल तथा जैविक उत्पादनको पूर्वाधार विकास भइरहेको छ। इथानोल उखुबाट प्राप्त हुने रस वा चिनी उत्पादनका क्रममा निस्कने केही उप उत्पादनको प्रशोधनबाट बनाउन सकिन्छ। यसलाई इन्धनमा मिसाउन वा औद्योगिक प्रयोजनमा प्रयोग गर्न सकिन्छ। जैविक बहुलक भने जैविक स्रोतबाट उत्पादन गरिने बहुलक पदार्थ हो, जसको प्रयोग उपयुक्त प्रविधिअनुसार प्लास्टिकका विकल्प बनाउनसमेत हुन सक्छ।
यस्तो परियोजनामा प्रयोग हुने ठूला औद्योगिक भाँडा, प्रतिक्रिया पात्र वा प्रशोधन उपकरणहरू एकै ठाउँमा निर्माण गरेर कारखानासम्म ल्याउनुपर्ने हुन सक्छ। तिनको आकार र तौलका कारण रेल वा सामान्य ट्रकबाट ढुवानी सम्भव नहुन सक्छ। त्यसैले समुद्री जहाज र विशेष सडक ट्रेलरको संयुक्त प्रयोग गरिन्छ।