कम्पनीले दुई जलविद्युत् आयोजनामा मात्रै १ अर्ब २० करोड रुपैयाँ लगानी गर्ने भएको छ। जसअनुसार सांग्रिला ऊर्जा लिमिटेडद्वारा प्रवर्द्धित ६३ मेगावाट क्षमताको छुजुङ खोला जलविद्युत् आयोजनामा २० लाख कित्ता बराबर २० करोड रुपैयाँ र दुधकोशी हाइड्रोपावर नेपाल लिमिटेडद्वारा प्रवर्द्धित ७० मेगावाटको दुधकोशी–२ जलविद्युत् आयोजनामा १ करोड कित्ता बराबर १ अर्ब रुपैयाँ लगानी गरिनेछ।
यसका साथै कम्पनीले औद्योगिक क्षेत्रतर्फ मोरङमा रहेको अन्नपूर्ण राठी केबल्स इन्डस्ट्रिज लिमिटेडमा समेत लगानी विस्तार गर्ने भएको छ। उक्त केबल उद्योगमा २ लाख ८५ हजार कित्ता बराबर ९ करोड ७५ लाख ५० हजार रुपैयाँ लगानी गर्ने निर्णय सञ्चालक समितिले गरेको छ।