बाढीपछिको पुनरुत्थान र जलवायु-उत्थानशील पुनर्निर्माणमा एडीबीको सहयोग माग

Oct 15, 2026 12:20 PM Merolagani



अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्राकृतिक विपत्तिपछिको पुनरुत्थान, जलवायु-उत्थानशील पुनर्निर्माण र दीर्घकालीन आर्थिक प्राथमिकता पूरा गर्न एसियाली विकास बैंक (एडीबी)सँग सहयोग मागेका छन् ।

थाइल्याण्डको बैंककमा जारी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी अर्थमन्त्री वाग्ले र एडीबी अध्यक्ष मासातो कान्दाबीच बिहीबार भएको भेटवार्तामा विपद्पछिको पुनरुत्थान तथा पुनर्निर्माणका लागि स्रोत परिचालनबारे छलफल भएको हो ।

विनाशकारी बाढीपछि उद्धार कार्यमा सहयोग पुर्‍याउन आपतकालीन अनुदान शीघ्र स्वीकृत गरेको र ऐक्यबद्धता जनाएकोमा नेपालले एडीबीप्रति कृतज्ञता व्यक्त गरेको छ ।

भेटमा एडीबी अध्यक्ष कान्दाले नेपालको विकासका लागि सहकार्य गर्नु बैंकको उच्च प्राथमिकतामा रहेको बताएका थिए । छलफलमा अर्थसचिव डा. घनश्याम उपाध्याय र अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल पनि सहभागी थिए ।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।