पहिलो दिन आइतबार ६ स्थानबाट मात्र वितरण गरिँदा उपभोक्ताको माग धान्न नसकेपछि नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघको समन्वयमा सोमबारदेखि थप ५ स्थानसहित कुल ११ केन्द्रबाट ग्यास साट्ने व्यवस्था मिलाइएको हो।
तोकिएका बिक्री केन्द्रहरूमा उपभोक्ताले आफूसँग भएको कुनै पनि कम्पनीको खाली सिलिन्डर बुझाएर त्यहाँ उपलब्ध अर्को कम्पनीको भरिएको सिलिन्डर लिन सक्नेछन्। फरक कम्पनीको सिलिन्डर साटेबापत उपभोक्ताले कुनै थप शुल्क तिर्नु नपर्ने संघले स्पष्ट पारेको छ। यो सुविधा तोकिएका ११ केन्द्रमा मात्र लागू हुनेछ।

कुन–कुन स्थानमा कुन ग्यास पाइन्छ?
-
सोमबार थप गरिएका ५ नयाँ स्थान:
१. चपली, बुढानीलकण्ठ: भानु ग्यास
२. हरिसिद्धि, ललितपुर: नेपाल र एचपी ग्यास
३. कलंकी: गीता ग्यास
४. खसीबजार (आरके ट्रेडर्स): सीताश्री ग्यास
५. सन्तुगल: श्रीमाया ग्यास
-
यसअघि आइतबारदेखि सञ्चालनमा रहेका ६ स्थान:
६. हरिसिद्धि, ललितपुर: श्रीराम ग्यास
७. कलंकी: साइबाबा र श्रीकृष्ण ग्यास
८. सुकेधारा: बाबा र श्री ग्यास
९. बालाजु औद्योगिक क्षेत्र (गेट अगाडि): नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी ग्यास
१०. पेप्सीकोला: सगर ग्यास
११. सिफलचौर (ग्यास एन्ड अक्सिजन ट्रेडर्स): एभरेस्ट र सुगम ग्यास
वितरण समय र अवधि
ग्यास साटफेर गर्ने यो विशेष व्यवस्था आगामी असोज ३० गतेसम्म बिहान ११:०० बजेदेखि अपराह्न ४:३० बजेसम्म सञ्चालन हुनेछ। यसअघि संघले असोज ३१ गतेसम्म बिहान ९:३० बजेदेखि बिक्री गर्ने तालिका सार्वजनिक गरेको भए पनि समयमा सामान्य संशोधन गरिएको छ।
यसैबीच, आइतबार वितरणको पहिलो दिन उपत्यकाका ६ केन्द्रबाट विभिन्न कम्पनीका कुल ३ हजार ७५ सिलिन्डर ग्यास बिक्री भएको संघले जानकारी दिएको छ।