बुढीगण्डकी नदीमा आएको थप बाढीले आरुघाट बजार नजिकै रहेको र दुई जिल्लाको आवतजावतको मुख्य धमनी मानिने पुललाई बगाएपछि स्थानीय यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ। यसअघि नै उत्तरी गोरखाका विभिन्न स्थानमा ३ वटा पुल र दर्जनौँ घर-टहराहरू बगाइसकेको यो बाढीले तल्लो तटीय क्षेत्रमा थप त्रासाे उत्पन्न गराएको छ।
पुल बगाएपछि गोरखाको आरुघाट क्षेत्र र धादिङतर्फको यातायात सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ। लगातारको बाढी र कटानका कारण नदी किनारका बासिन्दाहरू थप जोखिममा परेका छन् भने स्थानीय प्रशासनले प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन पुनः आग्रह गरेको छ।