दशैँ बिदा अघिको अन्तिम साता साढे १ प्रतिशत बढेको थियो नेप्से, कुन उपसमूहको परिसूचक कति घटबढ?

Oct 25, 2026 09:51 AM Merolagani



दशैँ बिदा अघिको अन्तिम साता नेप्से परिसूचक साढे १ प्रतिशत बढेर बन्द भएको थियो। अघिल्लो साता २५९१.८० विन्दुमा बन्द भएको नेप्से, सो साता १.६३ प्रतिशत अर्थात ४२.३७ अंक बढेर २६३४.१७ विन्दुमा बन्द भएको थियो।

सो साता पाँच कारोबार दिनका लागि बजार खुलेको थियो। जसमा पाँचै कारोबार दिन नेप्से बढेर बन्द भएको थियो।

सो साता फ्लोट इण्डेक्स २.६० प्रतिशत बढेको थियो भने सेन्सेटिभ इण्डेक्स २.०४ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स २.६४ प्रतिशत बढेको थियो।

नेप्सेसँगै सो साता कारोबार रकम पनि बढेको थियो। अघिल्लो साता दैनिक औषतमा ३ अर्ब ७८ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा सो साता दैनिक औषतमा ४ अर्ब ५८ करोड रुपैयाँको शेयर किनबेच भएको थियो। अघिल्लो साताको तुलनामा सो साताको दैनिक औषत कारोबार रकम २१.१३ प्रतिशत बढी हो। त्यस्तै, सो साता दैनिक औषत शेयर संख्या २३.९५ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ३.५६ प्रतिशत घटेको छ।

सो साता नेप्सेको कुल बजार पूँजीकरण पनि साढे १ प्रतिशत बढेको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन ४४ खर्ब ५८ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, सो साता ७६ अर्ब रुपैयाँ बढेर ४५ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ।

दशैँ बिदा अघिको अन्तिम साता १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको थियो भने तीन उपसमूहको परिसूचक घटेको थियो। सो साता बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ३.७७ प्रतिशत बढेको थियो। अघिल्लो साता १५१७.२५ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, सो साता ५७.२२ अंक बढेर १५७४.४७ विन्दुमा पुगेको थियो। अंकका आधारमा भने सो साता जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा बढी ३२७.४८ अंक बढेको थियो।

कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक सो साता सर्वाधिक ५८.४१ अंक घटेको थियो। अघिल्लो साता ६९७१.७९ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, सो साता ०.८४ प्रतिशत घटेर ६९१३.३८ विन्दुमा झरेको थियो। अंकका आधारमा पनि सो साता होटल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा बढी घटेको थियो।

सो साता नेप्सेमा बेनी हाइड्रोपावर प्रोजेक्टको १ करोड ४ लाख कित्ता आईपीओ सूचीकृत भएको थियो।

सो साता चिरख्वा हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ११.३० प्रतिशत बढेको थियो। अघिल्लो साता ५२२ रुपैयाँमा कारोबार भएको सो कम्पनीको शेयर, सो साता ५८१ रुपैयाँ पुगेको थियो। त्यस्तै, सो साता ग्रीन भेन्चर्सको शेयरमूल्य ११ प्रतिशत बढेको छ। दशैँ अघिको अन्तिम साता टक्सार पिखुवा खोला हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.३८ प्रतिशत घटेको थियो। अघिल्लो साता ४८० रुपैयाँमा अन्तिम कारोबार भएको सो कम्पनीको शेयर, सो साता ४३५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

फ्लोरसिट विश्लेषण गर्दा सो साता ७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, ६.२५ प्रतिशत प्राइम बैंक डिबेञ्चर २०९३, लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने सिटि होटल, मिथिला लघुवित्त वित्तीय संस्था, चन्द्रागिरी हिल्स लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।




शेयर बजारबाट कसरी पैसा बनाउने?

Oct 23, 2026 05:47 PM

अर्थतन्त्रका महत्त्वपूर्ण क्षेत्रहरूमध्ये पूँजी बजार मुख्य आकर्षणको क्षेत्र हो। आम लगानीकर्ताहरूले शेयर बजारलाई आम्दानीको बलियो स्रोतका रूपमा लिने गरेका छन्।