सुनको मूल्य सामान्य बढ्यो, चाँदी घट्यो

Oct 29, 2026 10:55 AM Merolagani



कार्तिक १२ गते, बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। यस दिन सुन प्रतितोला ३०० रुपैयाँले बढ्दा चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले घटेको हो।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बुधबारको बजारमा सुन दुई लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, यस दिन चाँदी प्रतितोला तीन हजार ९३० रुपैयाँमा किनबेच भइरहेको छ। बुधबारको बजारमा चाँदी प्रतितोला तीन हजार ९८० रुपैयाँमा खरिदबिक्री भएको थियो।