सुन चाँदीको मूल्यमा उच्च गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

Nov 01, 2026 11:01 AM Merolagani



कार्तिक १५ गते, आइतबार नेपाली बजारमा सुन चाँदीको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८ हजार ३ सय रुपैयाँले घटेको छ।

यससँगै आज सुनकाे मूल्य प्रतितोला २ लाख ७२ हजार रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन तोलाको २ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा १७५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदीकाे मूल्य प्रतितोला ३ हजार ६५० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलाको ३ हजार ८२५ रुपैयाँमा किनबेच भएको थियो।