मन्त्रिपरिषद् बैठकका आजका मुख्य निर्णयहरू

Nov 03, 2026 05:01 PM Merolagani



१. अर्थ मन्त्रालय:

  • एसियाली विकास बैंक (ADB) बाट सडक सुधारका लागि प्राप्त हुने २८५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण र २० मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने।

  • नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा नेपाल सरकारको थप हकप्रद सेयर (Right Share) लगानी गर्न सहमति प्रदान गर्ने।

२. कृषि तथा वातावरण मन्त्रालय:

  • न्यानो फर्टिलाइजर (Nano-fertilizer), बायोस्टिम्युलेन्ट (Biostimulant) र व्यावसायिक रूपमा उत्पादन तथा बिक्री वितरण हुने जैविक तथा प्राङ्गारिक मललाई आवश्यक पदार्थको सूचीमा समावेश गर्ने ‘मल नियन्त्रण आदेश, २०८३’ स्वीकृत गर्ने।

३. परराष्ट्र मन्त्रालय:

  • टर्कीमा २०८३ कार्तिक २३ देखि मङ्सिर ४ गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घको जलवायु परिवर्तनसम्बन्धी महासन्धिको पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (COP-31) मा सहभागी हुन उच्चस्तरीय प्रतिनिधि मण्डललाई स्वीकृति प्रदान गर्ने।

४. भूमि व्यवस्था तथा सहकारी मन्त्रालय:

  • मोही लागेको जग्गाको जग्गाधनी र मोहीले जग्गा बाँडफाँड गरी लिन निवेदन दिनुपर्ने तथा त्यस्तो जग्गा बाँडफाँड गरी कारबाहीको टुङ्गो लगाइसक्नुपर्ने अवधि क्रमशः २०८५ कार्तिक र २०८६ असारसम्म थप गर्ने गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्न स्वीकृति दिने।

५. अध्यादेशसम्बन्धी निर्णय:

  • प्रेस काउन्सिल नेपाल ऐन, २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने।

  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन लगायत केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने।