अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार ६.३२ अंक घटेर २६४८.८९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ८.८३ अंक घटेर २६४०.०६ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.१६ अंक घटेको छ।
मंगलबार प्रि ओपन सेसनमा ९५ स्टकको २२४ पटकको कारोबारमा ७८ लाख ३ हजार ३७७ रुपैयाँबराबरको १६ हजार ६४४ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २२ स्टकको मूल्य बढेको छ भने ४३ स्टकको मूल्य घटेको छ। बाँकी ३० स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।