सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

Nov 24, 2026 10:48 AM Merolagani



मंसिर ८ गते, मंगलबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा सामान्य वृद्धि भएको छ। यस दिन सुन प्रतितोला ५०० रुपैयाँ र चाँदी तोलाको ३५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबारको बजारमा सुन प्रतितोला दुई लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आजको बजारमा चाँदी प्रतितोला तीन हजार १४५ रुपैयाँमा खरिद बिक्री भईरहेको छ। सोमबारको बजारमा चाँदी प्रतितोला तीन हजार ११० रुपैयाँमा कारोबार भएको थियो।




सुनचाँदीको मूल्यमा भारि गिरावट

Nov 20, 2026 10:45 AM

मंसिर ४ गते, शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा भारि गिरावट भएको छ। यसदिन सुन प्रतितोला १२ हजार २०० रुपैयाँ र चाँदी तोलाको २२५ रुपैयाँले घटेको हो ।