सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

Nov 26, 2026 10:56 AM Merolagani



मंसिर १० गते, बिहिबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ। यस दिन सुन प्रतितोला १ हजार ४०० रुपैयाँ र चाँदी तोलाको ३५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको बजारमा सुन प्रतितोला दुई लाख ४१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आजको बजारमा चाँदी प्रतितोला तीन हजार ७५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ। बुधबारको बजारमा चाँदी प्रतितोला तीन हजार ४० रुपैयाँमा कारोबार भएको थियो।