पूर्व मुख्य सचिव एकनारायण अर्याल पक्राउ

Nov 26, 2026 01:27 PM Merolagani



पूर्व मुख्य सचिव एकनारायण अर्याल पक्राउ परेका छन् ।

गृह मन्त्रालय स्रोतका अनुसार मलेसिया प्रकरणमा अनुसन्धानका क्रममा उनलाई प्रहरीले भारतबाट पक्राउ गरेको हो । अर्यालमाथि मलेसियामा नेपाली कामदार पठाउने क्रममा अवैध रूपमा रकम सङ्कलन गरी उक्त रकम मलेसिया पठाएको आरोप लागेको छ ।

गृह मन्त्रालयका एक उच्च अधिकारीले अर्याल भारतबाट पक्राउ परेको जानकारी आएको बताए । ‘पूर्व मुख्य सचिव अर्याल भारतबाट पक्राउ पर्नुभएको हो भन्ने आएको छ । थप विवरण सार्वजनिक हुँदै जाला,’ मन्त्रालयका उच्च स्रोतले भन्यो ।

मलेसिया प्रकरणमा यसअघि प्रहरीले तत्कालीन दुई मन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवरलाई पक्राउ गरिसकेको छ । उनीहरूमाथि ठगी तथा सङ्गठित अपराधको कसुरमा अनुसन्धान भइरहेको छ ।

उक्त प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ । प्रहरीले मलेसियामा कामदार पठाउने प्रक्रियामा भएको भनिएको अवैध आर्थिक कारोबार र त्यसमा संलग्न व्यक्तिहरूबारे अनुसन्धान अघि बढाएको छ ।

अर्याल पक्राउ परेको विषयमा प्रहरीले भने विस्तृत विवरण सार्वजनिक गरिसकेको छैन ।