साढे पाँच अर्बको ग्यास बुुलेट भारतमा अलपत्र, प्रधानमन्त्री भ्रमणमा उठेन कुरो

Aug 26, 2017 Merolagani



प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा यो विषयमा छलफल नहुँदा नेपाली नम्बर प्लेटका बुलेट सञ्चालन गर्ने काम अनिश्चित बनेको हो । व्यवस्थापिका संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले एक साताअघि नेपाली नम्बर प्लेटको बुलेट एक महिनाभित्र सञ्चालनमा ल्याउन सरकारलाई निर्देशन दिएको थियो ।

समितिको बैठकमा परराष्ट्र र आपूर्ति मन्त्रालयका सचिवले प्रधानमन्त्री देउवाको भारत भ्रमणका बेला बुलेटसम्बन्धी समस्या प्राथमिकतामा राखेर निकास खोज्ने बताएका थिए । तर, भ्रमणमा उक्त विषयले खासै ‘चर्चा’ समेत पाउन नसकेको स्रोतको दाबी छ ।

‘प्रधानमन्त्रीको भारत भ्रमणमा बुलेट सञ्चालनसम्बन्धी विषय प्राथमिकताका साथ उठ्ने आशा थियो’, आपूर्ति मन्त्रालयका सचिव प्रेमकुमार राईले भने, ‘तर नेपाली बुलेट सञ्चालनका विषयमा उपलब्धिमूलक प्रतिफल आउन सकेन ।’ नेपाली ग्यास उद्योगीले प्रधानमन्त्रीको भ्रमणमा उक्त विषयले प्राथमिकता नपाएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको भ्रमण टोलीमा सहभागी नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरेले नेपाली नम्बर प्लेटको बुलेट सञ्चालनमा खासै प्रगति नभएको बताएको समाचार आजको अन्नपूर्ण पोष्टमा राजेश बर्माले लेखेका छन ।




साहस ऊर्जाको खुद नाफा १ अर्ब ३५ करोड नाघ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 02, 2026 09:39 AM

साहस ऊर्जा लिमिटेड (SAHAS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ।