गहना र नगद चोरी गर्ने तीन पक्राउ

Jun 23, 2018 RSS



महानगरीय प्रहरी परिसर काठमाडौंले चोरीका गहना र नगद सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँका राजन खनाल र उपेन्द्र खरेल तथा धादिङका सौरभ तामाङ रहेका छन् ।

यही जेठ २ गते भीमबहादुर पुनको डेराबाट हराएको चार लाख ९३ हजार ७०० बराबरको गहना र नगद सहित प्रहरीले उनीहरुलाई शुक्रबार पक्राउ गरेको परिसरले जनाएको छ ।

पुनको डेराबाट हराएको झण्डै सात तोला सुन र नगद खनाल र खरेलले तामाङको पसलमा बिक्री वितरण गरेपछि प्रहरीले चोरीमा संलग्न दुई जना र पसल सञ्चालक गरी तीनै जनालाई नियन्त्रणमा लिएको हो ।

परिसरका प्रवक्ता मोहनकुमार थापाले चोरीको आरोपमा पक्राउ परेका तीनैजनालाई चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ बताए ।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।