एनएमबि बैंकको ३० लाख कित्ता ऋणपत्र खुल्ला, कति पाइन्छ ब्याज ?

Mar 14, 2019 Merolagani



एनएमबि बैंकले बिहीबार देखि एक हजार रुपैयाँ अंकित दरमा तीन अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र खुल्ला गरेको छ । दश वर्ष अवधिको ऋणपत्रमा बैंकले वार्षिक दश प्रतिशत ब्याज दिने छ । ब्याज भुत्तानी भने अर्धवार्षिक रुपमा हुने बैंकले जनाएको छ ।

बैंकको ऋणपत्र १० वर्षपछि परिपक्व भएपश्चात साँवा तथा ब्याज एकमुष्ट रुपमा भुक्तानी हुनेछ । बैंकले कूल निष्काशित ३० लाख कित्तामध्ये ४० प्रतिशतले हुन आउने १२ लाख कित्ता अर्थात बैंकले एक अर्ब २० करोड रुपैयाँको ऋणपत्र सर्वसाधारणका लागि जारी गरेको हो । बाँकी १८ लाख कित्ता अर्थात एक अर्ब ८० करोड बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट (प्राइभेट प्लेसमेन्ट) बिक्री हुने बैंकले जनाएको छ ।

’एनएमबि ऋणपत्र २०८५’ को निश्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमीटेड रहेको छ । इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता अर्थात २५ हजार रुपैयाँदेखि १२ लाख कित्ता अर्थात एक अर्ब २० करोड रुपैयाँसम्म आवेदन गर्न सकिनेछ ।

ऋणपत्रमा सि आश्वा प्रणाली मार्फ सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरोशेयर सफ्टवेयर मार्फत आवेदन गर्न सकिने व्यवस्था छ । ऋणपत्रको बिक्री छिटोमा चैत ४ गते तथा ढिलोमा चैत १४ गते बन्द गरिने बिक्री प्रबन्धकले जनाएको छ ।

बैंकको ऋणपत्रलाई क्रेडिट रेटिङ्गले न्युन जोखिम जनाउने अर्थात प्रयाप्त सुरक्षा सूचक रहेको ’इक्रा एनपि एलए माइनस’ ग्रडिङ्ग दिएको छ ।

एनएमबी बैंकले यसअघि ५० करोडको ऋणपत्र निश्काशन गरिसकेको थियो । नेपाल धितोपत्र बोर्डबाट बैंकले फागुन १४ गते दोस्रो पटक निष्काशन गर्न लागेको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निश्काशनको अनुमति पाएको हो ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।